शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

कोरोना भाइरस पछिल्लो अपडेट : विश्वभरको अवस्था यस्तो छ

दैनिक नेपाल २०७६ चैत १७ गते १८:१२

सांकेतिक तस्वीर

काठमाडौँ, १७ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितमध्ये १ लाख ५६ हजार १ सय ४९ जना पूर्णरुपमा निको भएका छन् ।

त्यस्तै, बाँकी ५ लाख ४४ हजार ८ सय ४० जना उपचारमै छन् । संसारभर कोरोनाबाट ७ लाख ३५ हजार ८ सय ३९ संक्रमित हुँदा ३४ हजार ८ सय ५० जनाको मृत्य भइरसकेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरस विश्वभर २०० बढी देशहरुमा फैलिएको छ ।

वर्ल्ड मिटर्सका अनुसार सबैभन्दा इटालीमा यसको संक्रमणबाट मृत्यु भइसकेको छ भन अमेरिकामा सबैभन्दा बढी संक्रमित भएका छन् ।

इटालीमा १० हजार ७ सय ७९ जनाको मृत्यु भइसकेको छ भने करिब ९८ हजार संक्रमित भएका छन् ।

यो पछिल्लो २४ घण्टामा संक्रमितको संख्या निकै बढेको देखिएको छ । स्पेना मात्रै यही एक दिनमा ५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ७ हजार ३ सय ४० जनाको मृत्यु भइसकेको छ ।

उता अमेरिकामा करिब १ लाख ४३ हजार संक्रमित छन् भने २ हजार ४ सय ९० जनाको मृत्यु भएको छ ।

यता चीनमा भने ३ हजार ३ सय ४ को मृत्यु हुँदा करिब ८२ हजार संक्रमित छन् ।

अहिलेको मृत्युदर भने केही बढेर प्रति १ मिलियन जनसंख्यामा ४.५ प्रतिशत पुगेको छ । मृत्युदर पनि क्रमिक रुपले बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित