१ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमितलाई मलेरियाको औषधि प्रयोग गर्न मिल्ने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १७ चैत । कोरोना भाइरस संक्रमितलाई मलेरियाविरुद्धका दुई औषधि प्रयोग गर्न मिल्ने भएको छ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन निकायले ती औषधि कोरोनाका बिरामीलाई आपतकालीलन रुपमा प्रयोग गर्न स्वीकृति दिएको हो ।

आइतबार विज्ञप्तिमार्फत अमेरिकी स्वास्थ्य तथा मानवसेवा विभागले क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन औषधि कोभिड १९ का लागि प्रयोग गर्न मिल्ने जानकारी दिएको हो । विभागले यसबारेमा अनुसन्धान पनि भइरहेको जनाएको छ ।

एफडिएका अनुसार मलेरियाका ती औषधिहरु चिकित्सकको सिफारिसमा आपतकालीन प्रयोगका कोरोना भाइरस संक्रमितले सेवन गर्न सकिने जनाएको छ ।

अमेरिकामा हाल करिब १ लाख ४५ हजार संक्रमित छन् भने २ हजार ४ सय ९० का मृत्यु भइसकेको छ ।