बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

रुघाखोकी र ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष

दैनिक नेपाल २०७६ चैत १७ गते १४:५७

सांकेतिक तस्वीर

—सागर शर्मा
झिमरुक, १७ चैत । कोरोना भाइरस (कोभिड—१९ )को सङ्क्रमण फैलन नदिनका लागि प्युठान अस्पतालले रुघाखोकी तथा ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न थप सजगता अपनाउनका लागि अस्पतालले रुघाखोकी तथा ज्वरोका बिरामीका लागि छुट्टै उपचार कक्ष सञ्चालनमा ल्याएको हो ।

रुघाखोकी र ज्वरोका बिरामीलाई उपचार गर्ने र कोरोना भाइरसबाट सङ्क्रमित देखिएमा उनीहरुलाई उपचारका लागि आइसोलेशन कक्षमा पठाउने उद्देश्यले सो उपचार कक्ष स्थापना गरिएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा.अमृत पन्थीले जानकारी दिनुभयो । हालसम्म कोरोना भाइरसकाट सङ्क्रमित बिरामी नआएको उहाँले बताउनुभयो ।

निमित्त सुपरिटेण्डेन्ट डा.पन्थीले अस्पतालले चार वटा आइसोलेशन वेड बनाएर तयारी अवस्थामा राखिएको उल्लेख गर्दै आवश्यकता परेमा त्यसलाई विस्तार गर्दै लैजाने बताउनुभयो ।

मौसमी रुघाखोकीका बिरामीहरुले पनि कोरोना भाइरसको आशंकामा बढी त्रसित हुने गरेको उहाँले बताउनुभयो । सो अस्पतालमा छिमेकी जिल्ला रोल्पा, अर्घाखाँचीलगायत बिरामी उपचारका लागि आउने गरेका छन् ।

ज्वरोका बिरामी बढ्दै

ज्वरोका दैनिक १० देखि १५ जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । मौसम परिवर्तनसँगै अहिले रुखाखोकी र ज्वरोका बिरामी बढी देखिने गरेको डा.पन्थीले बताउनुभयो । ।.

ओपिडी तथा ल्याव सेवा निःशुल्क

लकडाउनको समयमा अस्पतालमा आएका विरामीहरुका लागि ओपडी तथा ल्याव सेवा, औषधी समेत निःशुल्क प्रदान गरिँदै आएको अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा. पन्थीले बताउनुभयो ।

कोरोना सङ्क्रमणको समयमा सरकारले गरेको लकडाउन शुरु भएदेखि निःशुल्क सेवा प्रदान गर्दै आएको उहाँको भनाइ छ । साथै जिल्लामा रहेका दर्घिरोगीलाई आवश्यकताका आधारमा घरमै गएर उपचार गरिने डा. पन्थीले बताउनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित