शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

इन्टरनेटमा २५ प्रतिशत छुट दिने सरकारको घोषणा

दैनिक नेपाल २०७६ चैत १७ गते ११:११

काठमाडौं, १७ चैत । सरकारले इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी स्वामित्वको तथा निजी क्षेत्रका सेवाप्रदायकबाट समेत यो छुट लागू हुने व्यवस्था मिलाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्टरनेट तथा मोबाइल डेटाको मूल्यमा लकडाउन अवधिभर २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित