बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

कोरोना भाइरस संक्रमण रोक्ने प्रयासमा रक्षात्मक लिडर

दैनिक नेपाल २०७६ चैत १७ गते ९:५५

काठमाडौं, १७ चैत । विश्वमा महामारी बनिरहेको कोरोना भाइरस संक्रमणविरुद्ध सरकारी कदमको निर्णय लिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेका थिए ।

हरेक दिन कोरोना भाइरसविरुद्ध सरकारका कस्ता कदम हुनेछन् भन्ने विषयको खास निर्णय पोखरेलको समितिले गर्दछ र सोही विषयलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्दै आएको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठक बस्नुअघि उच्चस्तरीय समितिको बैठक बस्यो र चीनबाट कोरोना भाइरससम्बन्धि उपकरण, औषधीलगायतका सामग्री ल्याउने, ल्याएका विवरण र लगत राख्ने, कहाँ कहाँ पठाउने भन्ने निर्णय गरेको थियो ।

नेपालमा कोरोनाको उतिसारो प्रभाव नपरेको तथा भारतमा पनि नदेखिएको अवस्थामा नै त्यसबेला पोखरेलले भनेका थिए, आवश्यक परे लक डाउन गरिन्छ ।

पोखरेलको निर्णयमा नै गत साता सार्वजनिक सवारी साधन चलाउन नदिने, आन्तरिक उडान पनि रद्द गर्ने निर्णय भएको थियो, भोलीपल्टदेखि लक डाउन नै घोषणा भयो । आइतबारको मन्त्रिपरिषद्मा पनि सोही समितिले २५ चैतसम्मका लागि लक डाउन जारी राख्ने प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

‘सरकारको तयारी प्रभावकारी हुनुपर्छ भन्ने मान्यताका आधारमा नै पोखरेलको नेतृत्व प्रभावकारी देखिएको छ, नेपाली सेनासम्मले सहयोगका लागि काम गर्ने निर्णयमा उहाँको अग्रसरताले काम गरेको छ’, उच्च स्रोतले भन्यो ।

विविध ठाउँमा क्वारेन्टाइन स्थापनादेखि प्रादेशिक तहमा कोरोना भाइरस संक्रमणको जाँचका लागि उपकरण पठाउने र प्रभावकारी कार्यान्वयनमा पोखरेलको अगुवाई प्रभावकारी देखिएको सरकारी अधिकारी बताउँछन् ।

‘उहाँलाई कोरोना भाइरस संक्रमणविरुद्ध लड्ने सरकारी लिडरका रुपमा सबैले बुझेका छन् । प्रभावकारी निर्णयका आधारमा नै प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षामा उहाँ चिन्तित हुनुहुन्छ’, अधिकारीहरु बताउँछन् ।

मुलुककै रक्षा गर्ने मन्त्रालयको जिम्मामा रहेका पोखरेलले विश्व महामारीमा पार्ने कोरोनाविरुद्धको अभियानमा पनि सक्रियता देखाएका छन् । उनलाई रक्षात्मक लिडरका रुपमा पनि व्याख्या गर्न थालिएको छ ।

उपप्रधानमन्त्री पोखरेल संकटसँग जुध्न असाधारण क्षमता देखाउने व्यक्तित्व हो । उनले दुई पटक पार्टी महासचिवको जिम्मेवारी अब्बलताका साथ निभाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित