शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बार्सिलोनाका पूर्व गोलरक्षकलाई काेराेनाकाे संक्रमण, अस्पताल भर्ना

दैनिक नेपाल २०७६ चैत १७ गते ७:२३

लण्डन, १७ चैत । कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमणको कारण टर्कीका लिजेण्ड फुटबलर रुस्तु रेकबर अस्पताल भर्ना भएका छन् ।

बार्सिलोनाका पूर्व गोलरक्षक समेत रहेका ४६ वर्षीय रुस्तुको स्वास्थ्य गम्भीर भएपछि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । रुस्तुको नाममा टर्कीका लागि सर्वाधिक पटक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने कीर्तिमान पनि रहेको छ ।

अचानक कोरोनाको सङ्क्रमण देखिएको र त्यसको लक्षण द्रूत गतिमा फैलिरहेको रुस्तुका श्रीमती इसिल रिकबरले बताएकी छिन् । रुस्तुकी श्रीमती इसिल सहित दुई सन्तानमा भने कोरोना सङ्क्रमण नदेखिएकाे बताइएकाे छ ।

उनले टर्कीका लागि एक सय २० खेल खेलेका छन् । सन् २००२ को विश्वकपमा टर्की सेमिफाइनलसम्म पुग्दा उनी ‘प्लेयर अफ द टुर्नामेन्ट’ चुनिएका थिए ।

बेसिकटासका लागि पाँच वर्ष व्यावसायिक फुटबल खेलेपछि रुस्तुले सन् २०१२ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित