शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना भाइरसका कारण जर्मनीमा अर्थमन्त्रीले गरे आत्महत्या

दैनिक नेपाल २०७६ चैत १६ गते २१:३६

काठमाडौँ, १६ चैत । जर्मनीका मन्त्रीले आत्महत्या गरेका छन् । कोरोना भाइरसबाट उच्च रूपमा संक्रमितमध्येको एक युरोपेली मुलुक जर्मनीका हेसे राज्यका अर्थमन्त्रीले शनिबार आत्महत्या गरेका हुन् ।

जर्मनीका स्थानीय सञ्चार माध्यमका अनुसार अर्थमन्त्री स्याफर कोरोना भाइरसका कारण चिन्तित बनेका थिए । उनको शव रेलको लिगमा भेटिएको थियो । सुरुमा डाक्टरहरुले उनलाई पहिचान गर्न सकेका थिएनन् ।

उनले मृत्यु हुनुअघि सुसाइड नोटसमेत लेखेको एक जर्मन दैनिकले उल्लेख गरेको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनले सुसाइड नोटमा आत्महत्या रोज्नुको कारण लेखेका बताएका छन् ।

उनी १० वर्षयता उक्त राज्यको अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

उनी जनतालाई कोरोना भाइरसको संकटबाट जोगाउन तल्लिन थिए ।

प्रतिक्रिया
सम्बन्धित