शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोना भाइरस : इटालीमा मात्रै १० हजार, विश्वभर ३२ हजार बढीको मृत्यु (अपडेट)

दैनिक नेपाल २०७६ चैत १६ गते २१:१३

काठमाडौँ, १६ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संसारभर ३२ हजार १ सय ८० जनाको मृत्य भइरसकेको छ ।

यो समाचार तया पार्दासम्म विश्वभर १९९ देशमा फैलिएको कोरोना भाइरसबाट करिब ६ लाख जना संक्रमित भएका छन् ।

वर्ल्ड मिटर्सका अनुसार १ लाख ४६ हजार ४ सय जना पूर्णरुपमा निको भइसकेका छन् भने बाँकी ५ लाख ६ हजार ६१ जना उपचारमै छन् ।

यो पछिल्लो २४ घण्टामा संक्रमितको संख्या निकै बढेको देखिएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमित भएका छन् भने इटालीमा सबैभन्दा बढीको यसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा करिब १ लाख २५ हजार संक्रमित छन् भने २ हजार २ सय ३६ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी इटालीमा १० हजार २३ जनाको मृत्यु हुँदा करिब ९३ हजारमा संक्रमण देखिएको छ । उता स्पेनमा भने ६ हजार ५ सय २८ जनाको मृत्यु भइसकेको छ भने करिब ७९ हजार संक्रमित छन् ।

यता चीनमा भने ३ हजार ३ सयको मृत्यु हुँदा करिब ८२ हजार संक्रमित छन् ।

अहिलेको मृत्युदर भने केही बढेर प्रति १ मिलियन जनसंख्यामा ४.१ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित