शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अब ऋणीहरुमा बैंकले दियो यस्तो सहुलियत

दैनिक नेपाल २०७६ चैत १६ गते २०:२७

काठमाडौँ, १६ चैत । नेपाल राष्ट्र बैंकले ऋणीहरुमा सहुलियत प्रदान गर्ने भएको छ ।

त्यसअन्तर्गत चैतमा बैंकहरुलाई बुझाउनुपर्ने किस्ता बुझाउन नसक्नेलाई २०७७ असार मसान्तसम्मको सीमा अवधि थप गरिएको छ । बैंकलाई बुझाउन बाँकी मासिक वा त्रैमासिकको लागि उक्त समयावधि थपिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । यस सुविधामा असार मसान्तसम्म शुल्क बुझाउँदा बैंक तथा वित्तीय संस्थाहरुले अतिरिक्त शुल्क लिन पाउने छैनन् ।

क्रेडिट कार्डको हकमा पनि यही व्यवस्था लागू हुने राष्ट्र बैंकले जनाएको छ । कोरोनाभाइरसका कारण परेको असर परेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

यदि चैत मसान्तमै बुझाउनेले तिर्नुपर्ने किस्तामा जोडिने ब्याजमा १० प्रतिशत छुट दिइने जनाएको छ ।

त्यस्तै, राष्ट्र बैंकले पुनर्कर्जा कोष ६० अर्बका बनाउँदै उद्योगीहरुलाई सुहलियत दरमा सो रकम प्रदान गरिने पनि बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित