सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

कोरोना भाइरस मानिसमा वर्षौँसम्म रहन सक्ने अनुसन्धानको दावी

दैनिक नेपाल २०७६ चैत १६ गते २०:०९

फाइल तस्वीर

काठमाडौँ, १६ चैत ।  कोरोना भाइरस (कोभिड १९) वर्षौँसम्म वा दशकौँसम्म मानवजातिमा फैलनसक्ने विश्वका केही भाइरस विज्ञहरुको अध्ययनले देखाएको छ ।

अमेरिका, बेलायत, र अष्ट्रेलियाका अनुसन्धाताहरुको नयाँ अनुसन्धानले यसअघि विश्व प्रसिद्ध वैज्ञानिकहरुले सार्वजनिक गरेका तथ्यांकका आधारमा कोरोना भाइरसमा मानव जातिमा लामा समयसम्म रहन सक्ने पत्ता लागेको हो । त्यस्तै, अध्ययनले जनावरबाट मानिसमा पनि कोरोना सर्नसक्ने देखाएको छ ।

क्यालिफोर्नियास्थित क्रिप्स रिसर्च इन्स्टिच्युटका क्रिस्चियन एन्डरसन, एडिनबरा युनिभर्सिटीका एन्ड्र्यु राम्बट, कोलम्बिया युनिभर्सिटीका इयान लिपकिन, युनिभर्सिटी अफ सिड्नीका एडवर्ड होल्म्स र तुलान युनिभर्सिटीका रोबर्ट गेरीले तयार पारेको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

जुन गत मार्च १७ मा ‘नेचर मेडिसिन’ नामको साइन्टिफिक जर्नलमा प्रकाशित भएको थियो । अनुसन्धानले कोरोना भाइरस वर्षौँसम्म विभिन्न रुप लिँदै मानव जातिमा रहनसक्ने तथा यसले निकै गम्भीर क्षति पनि गर्न सक्ने देखाएको उल्लेख छ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित