२ कार्तिक २०८३, सोमबार

लकडाउन उल्लंघन गर्दै प्रहरीमाथि कुटपिट

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १६ चैत । लकडाउन उल्लंघन गर्दै बारा जिल्लामा प्रहरीमाथि कुटपिट भएको छ ।

परवानीपुर गाउँपालिका ५ गण्डक चोकमा ८९ जनाको समूहले लकडाउन उल्लंघन गर्दै क्रिकेट खेलेपछि प्रहरीले सम्झाउँदा उक्त समूहले प्रहरीलाई हातपात गरेका हुन् ।

लकडाउनमा क्रिकेट नखेल्न सम्झाउँदा स्थानीय २७ वर्षीय गणेशकुमार साहले प्रहरीलाई ब्याटले हिर्काएका थिए । ब्याट प्रहारले प्रहरी हवल्दार घाइते भएका थिए भने साहलाई प्रहरीले प्रक्राउ गरेको छ ।