बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

लकडाउन थप ८ दिन बढाउने सरकारको निर्णय

दैनिक नेपाल २०७६ चैत १६ गते १७:४३

फाइल तस्वीर

काठमाडौँ, १६ चैत । सरकारले थप ८ दिनका लागि लकडाउन अवधि बढाउने निर्णय गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिले सिफारिस गरेको निर्णयलाई मन्त्रिपरिषदले अनुमोदन गरेको हो ।

आजै समितिको बैठकले सरकारलाई लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो । कोरोना संक्रमणको जोखिमलाई कम गर्न सरकारले लकाडाउनको समय बढाउने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित