२ कार्तिक २०८३, सोमबार

वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान स्थगित

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । कोरोना भाइरस संक्रमणका कारण २०७७ वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान नहुने भएको छ । सिंहदरबारमा आइताबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र चैत २१ गतेसम्म लामो दुरीका सवारी साधन बन्द गर्ने घोषणा गरेका थिए । त्यस्तै, सरकारले चैत ११ गतेदेखि भने देशव्यापी लकडाउन घोषणा गरेको थियो ।