२ कार्तिक २०८३, सोमबार

थप ७ दिनको लागि लकडाउन अवधि बढाउन सिफारिस

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले थप ७ दिनका लागि लकडाउन अवधि बढाउनुपर्ने निर्णय गरेको छ ।

समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमणको संवेदनशीलतालाई ध्यानमा राखेर लकडाउनको समय बढाउनुपर्ने निर्णय गरेको हो ।

समितिले सरकारलाई थप एक साताको लागि लकडाउन अवधि बढाउन सिफारिस गरेको हो । आइतबार नै बस्ने मन्त्रिपरिषद बैठकले समितिको निर्णयलाई अनुमोदन गर्ने जनाइएको छ ।

सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म पहिलो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।