शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

रूपन्देहीको कोरोना क्वारेन्टाइनमा एक जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

दैनिक नेपाल २०७६ चैत १६ गते १५:४७

सांकेतिक तस्वीर

काठमाडौँ, १६ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा रुपन्देहीको क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका ४ का ३४ वर्षीय युवाको आइतबार मृत्यु भएको हो । हालै उनी दुबईबाट फर्किएका थिए । बुटवल अस्पतालमा चैत १४ गते उनलाई आइसोलेसनमा राखिएको थियो ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भन्नेबारे रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित