आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कोरोना भाइरस : विश्वभर ३१ हजारको मृत्यु, ६ लाख ६३ हजारभन्दा बढी संक्रमित

दैनिक नेपाल २०७६ चैत १६ गते ९:३३

काठमाडौं, १६ चैत । चीनको वुहान शहरु उद्गमस्थल मानिएको कोरोना भाइरसले विश्वभर नै महामारीको रुप लिएको छ । पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर करिब ३१ हजार जनाको मृत्यु भएको छ । भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार नाघेको छ ।

संबैभन्दा बढी इटालीमा कोरोनाबाट १० हजार २३ जनाले ज्यान गुमाउँदा ५ हजार ९८२ जनाको मृत्यु भएको स्पेन दास्रो स्थानमा छ ।

भाइरस उत्पत्ति भएको चीनमा ३३ सय जनाको मृत्यु हुँदा भाइरस संक्रमणको नयाँ इपिसेन्टर बनेको अमेरिकाका २२ सय २७ जनाले ज्यान गुमाएका छन् ।

इरानमा २५ सय १७, फ्रान्समा २३ सय १४, बेलायत १ हजार १९, नेदरल्याण्ड्स ६ सय ३९, जर्मनी ४ सय ३३, बेल्जियम ३५३, स्वीट्जरल्याण्ड २६४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित