
काठमाडौँ, १५ चैत । कोरोना भाइरस (कोभिड १९) बाट संसारभर करिब ६ लाख २३ हजार जना संक्रमित भएका छन् ।
वर्ल्ड मिटर्सका अनुसार यो समाचार तयार पार्दासम्म कोरोना भाइरस संक्रमणका कारण विश्वभर २८ हजार ८ सय २ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै १ लाख ३७ हजार ३ सय ७३ जना पूर्णरुपमा निको भइसकेका छन् भने बाँकी ४ लाख ५६ हजार १ सय ६८ जना उपचारमै छन् ।
दुईदिन अघिसम्म इटालीमा धेरै संक्रमित भइरहेकोमा हिजोदेखि सबैभन्दा बढी अमेरिकामा संक्रमित भएका छन् भने इटालीमा सबैभन्दा बढीको यसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा करिब १ लाख ६ हजार संक्रमित छन् भने १ हजार ७ सय ३० जनाको मृत्यु भएको छ ।
इटालीमा ९ हजार १ सय ३४ जनाको मृत्यु हुँदा करिब ८७ हजारमा संक्रमण देखिएको छ । उता स्पेनमा भने ५ हजार ८ सय १२ जनाको मृत्यु भइसकेको छ भने करिब ७३ हजार संक्रमित छन् ।
इटाली बितेको २४ घण्टामै ८ सय संक्रमितको मृत्यु भएको छ । यता चीनमा भने ३ हजार २ सय ९५ को मृत्यु हुँदा करिब ८२ हजार संक्रमित छन् ।
अहिलेको मृत्युदर भने केही बढेर प्रति १ मिलियन जनसंख्यामा ३.७ प्रतिशत पुगेको छ । कोरोना भाइरस विश्वभरी १९९ वटा देशहरुमा फैलिइसकेको छ ।
यसका कारण इरानमा २५ सय बढीको मृत्यु भइसकेको र करिब ३५ हजार संक्रमित छन् ।















प्रतिक्रिया