बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

कोरोना भाइरस : विश्वभर २८ हजार भन्दा बढीको मृत्यु (पछिल्लो अपडेट)

दैनिक नेपाल २०७६ चैत १५ गते १९:०१

काठमाडौँ, १५ चैत । कोरोना भाइरस (कोभिड १९) बाट संसारभर करिब ६ लाख १५ हजार जना संक्रमित भएका छन् ।

वर्ल्ड मिटर्सका अनुसार यो समाचार तयार पार्दासम्म कोरोना भाइरस संक्रमणका कारण विश्वभर २८ हजार २ सय ६९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै १ लाख ३७ हजार ३ सय ३६ जना पूर्णरुपमा निको भइसकेका छन् भने बाँकी ४ लाख ४९ हजार २ सय ६ जना उपचारमै छन् ।

यसरी हेर्दा १७ प्रतिशत मृत्य देखिन्छ भने ८३ प्रतिशत पूर्णरुपमा निको भएको देखिन्छ ।

दुईदिन अघिसम्म इटालीमा धेरै संक्रमित भइरहेकोमा हिजोदेखि सबैभन्दा बढी अमेरिकामा संक्रमित भएका छन् भने इटालीमा सबैभन्दा बढीको यसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा करिब १ लाख ५ हजारभन्दा बढी संक्रमित छन् भने १ हजार ७ सय बढीको मृत्यु भएको छ ।

इटालीमा ९ हजार १ सय ३४ जनाको मृत्यु हुँदा करिब ८७ हजारमा संक्रमण देखिएको छ । उता स्पेनमा भने ५ हजार ६ सय ९० जनाको मृत्यु भइसकेको छ भने करिब ७३ हजार संक्रमित छन् । यता चीनमा भने ३ हजार २ सय ९२ को मृत्यु हुँदा करिब ८२ हजार संक्रमित छन् ।

अहिलेको मृत्युदर भने केही बढेर प्रति १ मिलियन जनसंख्यामा ३.६ प्रतिशत पुगेको छ । कोरोना भाइरस विश्वभरी १९९ वटा देशहरुमा फैलिइसकेको छ ।

गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा भइसकेको छ भने पछिल्लो समय सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ ।

यसका कारण इरानमा २५ सय बढीको मृत्यु भइसकेको र करिब ३५ हजार संक्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित