
काठमाडौँ, १५ चैत । लकडाउनका कारण विभिन्न ठाउँमा पर्यटकहरु अलपत्र परेका छन् । अन्नपूर्ण पदमार्ग र आसपासका ठाउँमा अलपत्र परेका पर्यटकहरु पोखरा आइरहेका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल सरकारले यही चैत ११ गतेदेखि १८ गतेसम्म लकडाउन गरेपछि पर्यटकहरुलाई समस्या भएको हो । सरकारले उनीहरुको उद्धार पनि गरिरहेको छ ।
अलपत्र परेका पर्यटकहरुलाई ति ठाउँहरुबाट काठमाडौँ ल्याउँदै सम्बन्धित देशहरुमा पठाउने काम पनि भइरहेको छ ।
युरोपियन देश जर्मन लगायतका पर्यटकहरुलाई दूतावासको सहयोगमा उद्धार गरिएको छ । त्यस्तै शुक्रबार फ्रान्सेली दूतावासले आफ्ना ५९ जना नागरिकलाई उद्धार गरेको थियो ।
यसैबीच केही देशका पर्यटक नेपालमै बस्न चाहन्छन् ।
स्पेन, इटाली, अमेरिकाजस्ता देशमा कोरोना भाइरसको महामारी नै फैलिइरहेको बेलामा ती देशको तुलनामा नेपाल धेरै सुरक्षित देखिएको छ । नेपाल घुम्न आएका विभिन्न देशका पर्यटक स्वदेश फर्कन चाहँदैनन् ।
पोखरा आसपासमा अलपत्र परेको कतिपय देशका पर्यटकहरु तुलनात्मक रुपमा आफ्नो देशभन्दा नेपाल सुरक्षित महसुस भएको भन्दै नेपाल बस्न चाहेको बताउने गरेको जनाइएको छ ।
अमेरिका, जर्मन, इटाली, अस्ट्रेलिया, स्पेन लगायतका देशका केही पर्यटक नेपालमै बस्ने चाहना गरेको कास्की जिल्ला प्रशासनले जनाएको छ ।
अहिलेसम्म नेपाल सुरक्षित देखिएकोले उनीहरुले त्यस्तो चाहना गरेको हुन सक्ने प्रशासनले जनाएको छ ।















प्रतिक्रिया