आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण

दैनिक नेपाल २०७६ चैत १५ गते १७:५७

काठमाडौँ, १५ चैत । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्रा्ष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन ।

बिरामी भएका मध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उहाले जानकारी दिनुभयो । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाई छ ।

राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै चार हजार कर्मचारी मध्ये बिहिवार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए ।

त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन । –रासस/एपी

प्रतिक्रिया
सम्बन्धित