२ कार्तिक २०८३, सोमबार

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १५ चैत । नेपालमा पुनः पाँचौँ व्यक्तिमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट नेपाल फर्किएकी बागलुङकी एक १९ वर्षीया युवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको हो ।

यससँगै नेपालमा पाँच जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरुमध्ये एकजना उपचारपछि घर गइसकेकी छन् । अन्यको उपचार भइरहेको छ ।

चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी युवतीमा चैत १० गते नै कोरोनाको पुष्टि भएको थियो भने अहिले संक्रमण भएकी पनि त्यही विमानमा सवार रहेको खुलेको छ ।

विमानमा सवार १५८ जनाको खोजी गरिएको थियो । त्यहीक्रममा हाल संक्रमित युवतीको परीक्षणमा कोरोना सकारात्मक देखिएको हो ।

नमुना संकलनपछि पनि उनी घरमै रहेकी जनाइएको छ भने कोरोना पुष्टि भएपछि भने काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।