२ कार्तिक २०८३, सोमबार

कोरोना भाइरस : विश्वभरको पछिल्लो अपडेट यस्तो छ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । कोरोना भाइरस (कोभिड १९) बाट संसारभर करिब ५ लाख ६० हजार जना संक्रमित भएका छन् ।

वर्ल्ड मिटर्सका अनुसार यो समाचार तयार पार्दासम्म कोरोना भाइरस संक्रमणका कारण विश्वभर २५ हजार २ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै १ लाख २८ हजार ७ सय ७८ जना पूर्णरुपमा निको भइसकेका छन् भने बाँकी ४ लाख ५ हजार ८७ जना उपचारमै छन् ।

यसरी हेर्दा १६ प्रतिशत मृत्य देखिन्छ भने ८४ प्रतिशत पूर्णरुपमा निको भएको देखिन्छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित भएका छन् भने इटालीमा सबैभन्दा बढीको यसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा ८६ हजारभन्दा बढी संक्रमित छन् भने १ हजार ३ सय २१ जनाको मृत्यु भएको छ ।

इटालीमा ८ हजार २ सय १५ जनाको मृत्यु हुँदा करिब ८१ हजारमा संक्रमण देखिएको छ । यता चीनमा भने ३ हजार २ सय ९२ को मृत्यु हुँदा करिब ८२ हजार संक्रमित छन् ।

अहिलेको मृत्युदर भने केही बढेर प्रति १ मिलियन जनसंख्यामा ३.२ प्रतिशत पुगेको छ । कोरोना भाइरस विश्वभरी १९९ वटा देशहरुमा फैलिइसकेको छ ।

गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा भइसकेको छ भने पछिल्लो समय सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ ।

त्यस्तै, स्पेनमा करिब ६४ हजार संक्रमित हुँदा ४ हजार ८ सय ५८ जनाको मृत्यु भइसकेको छ । विश्वभरी नै तीव्र गतिमा फैलिएको कोरोना भाइरसका कारण संसारभरका देशहरुले लकडाउन गरेका छन् ।

यसका कारण इरानमा २३ सय बढीको मृत्यु भइसकेको र करिब ३३ हजार संक्रमित छन् ।