२ कार्तिक २०८३, सोमबार

उच्चस्तरीय समन्वय समितिको बैठकका यस्ता छन् निर्णयहरु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले दैनिक अत्यावश्यक खाद्यान्न लगायत सामाग्रीहरु नियमित जसो नै आपूर्ति गराउने निर्णय गरेको छ ।

सरकार प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले ठूला उद्योग कलकारखाना चाँही बन्द राख्ने तर अत्यावश्यक समान ढुवानी गरिने जनाएका छन् ।

उनले यदि कतै खाद्यान्नका सामाग्रीहरु रोकिएका भए वा खरिद गर्न समस्या भएको खण्डमा नागरिकहरुलाई निश्चित दुरी कायम राखेर किनमेल गर्न सक्ने जनाएका छन् ।

त्यसैगरी, विभिन्न ठाउँमा अलपत्र परेका पर्यटकहरुको हवाई तथा स्थलमार्गबाट सुरक्षित ढंगले उद्धार गरेर सम्बन्धित देशमा पठाउने प्रयास गर्ने बैठकले निर्णय गरेको छ । भन्सारमा अड्किएका सामानहरुको सहज ढुवानीका लागि पनि सरकारले सहजीकरण गर्ने पनि निर्णय गरेको खतिवडाले जनाए ।

पोखरास्थित पश्चिमाञ्चल अस्पताललाई कोरोना उपचारको विशेष अस्पताल बनाइने निर्णय भएको पनि प्रवक्ता खतिवडाले जानकारी दिए ।

त्यस्तै, केही श्रमिकहरु नेपालकै कतिपय ठाउँमा अलपत्र परेकालाई निश्चित गन्तव्यसम्म पुर्याउन सहज वातावरण गर्ने निर्णय भएको जनाएका छन् । त्यस्तै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई नेपालबाट परिवारले यदि खर्च पठाउन चाहेमा सटही मुद्रा व्यवस्था गर्ने खतिवडाले जनाए ।

शुक्रबार नै सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फेरेन्समार्फत छलफल भएको थियो । जसमा मुख्यमन्त्रीहरुले क्वारेन्टाइन स्थापना, कोरोना चेकजाँचको विषय जानकारी गराएका थिए ।

त्यस्तै, निकट भविष्यमा नै वित्तीय भार थेक्न कठीन हुनेबारे केन्द्रीय सरकारलाई मुख्यमन्त्रीहरुले जानकारी गराएको प्रवक्ता खतिवडाले बताए ।