बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नेपालमा अर्का एकजनामा पनि भेटियो कोरोना संक्रमण

दैनिक नेपाल २०७६ चैत १४ गते १९:३९

सांकेतिक तस्वीर

काठमाडौँ, १४ चैत । नेपालमा पुनः अर्काे व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन् ।

अरुमा संक्रमण हुन सक्ने भन्दै प्रवक्ता देवकोटाले विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

दुबईबाट आएका उनमा लक्षण देखिएपछि चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

योसँगै नेपाल ४ जना कोरोना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित