
काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी बालुवाटार गएका छन् ।
मुटुमा समस्या देखिएपछि उनी मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।उपचारपछि उनको स्वास्थ्य सामान्य रहेको चिकित्सकले जनाए ।
उनी गत राति १२ बजे अस्पताल भर्ना भएका थिए । उनको करिब २० घण्टाको उपचारपछि डिस्चार्ज भएका हुन् ।
फागुन २१ गते दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको अहिले भने मिर्गाैलामा केही समस्या नरहेको चिकित्सकले जनाएका छन् ।















प्रतिक्रिया