२ कार्तिक २०८३, सोमबार

गोली लागेर प्रहरी हवल्दारको मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ चैत । शुक्रबार स्याङ्जामा गोली लागेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ । पोखरा घर भएका प्रहरी हवल्दार रवीन्द्र पौडेलको ज्यान गएको हो । पौडेल हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत थिए ।

पौडेललाई चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको जनाइएको छ । उनलाई उपचारका लागि पोखरा लाँदै गर्दा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

घटना कसरी हुन गयो भन्नेबारे जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानका लागि टोली त्यसतर्फ गएको बताएको छ ।