आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बेलायती प्रधानमन्त्री जोनसनमा कोरोना संक्रमण

दैनिक नेपाल २०७६ चैत १४ गते १७:२९

लण्डन, १४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण भएको पुष्टि भएको रोएटर्सले जनाएको छ ।

उनमा कोरोना सकारात्मक देखिएसँगै उनी सेल्फ क्वारेन्टाइनमा बस्ने यद्यपि सरकारको प्रकोपविरुद्ध दायित्व निर्वाह गर्ने बताएका छन् ।

प्रधानमन्त्री जोनसनले भनेका छन्, ‘पछिल्लो २४ घण्टामा मैले सामान्य लक्षणहरुको सामना गरेँ, परीक्षण गर्दा कोरोना भाइरस सकारात्मक भएको पाइयो ।’ उनले भने, ‘अहिले म सेल्फ आइसोलेसनमा छु तर भिडियो कन्फेरेन्समार्फत सरकारको दायित्व नभाउँछु र हामी भाइरसविरुद्ध लड्छौँ ।’

जोनसनमा बिहीबार हल्का किसिमका लक्षण देखिएका थिए । उनले बिहीबार नै हाउसमा प्रश्न उत्तर सेसन पनि गरेका थिए भने हप्ता दिनदेखि उनी नियमित पत्रकार सम्मलेनमा व्यस्त थिए ।

प्रतिक्रिया
सम्बन्धित