
काठमाडौँ, १४ चैत । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले सामान खरिद गर्दा सर्वसाधारणले एक मिटरको दूरीमा बस्नुपर्ने बताएका छन् ।
त्यस्तै, उनले अन्य कसैसँग कुरा गर्दा एल. (L) आकारमा बसेर कुरा गर्ने उनले जानकारी दिए ।
त्यस्तै, सरकारले कोरोना परीक्षण गर्ने किट र पीपीई प्रशस्त रहेको जनाएको छ । पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यसबारे बताएका हुन् ।
‘अहिले केही दिनलाई पुग्ने रिएजेन्ट किट र पीपीई पनि पर्याप्त छ,’ उनले भने, ‘कोरोना फैलन नदिन काठमाडौंमा ६ वटा हब अस्पताल तोकेका छौँ, ती अस्पतालमा पीपीई पठाएका छौँ । यीबाहेक अन्य ७८ अस्पताल पनि तयारी अवस्थामा राखिएको छ ।’
अहिले सामान्य अवस्थामा पीपीई प्रयोग गरेपछि महामारीको अवस्थामा गाह्रो हुने देवकोटाले बताए । घरमा कोही रुघाखोकी लागेको छ भने मास्क लगाउन अपील गरेका छन् ।















प्रतिक्रिया