शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना भाइरस : विश्वभर २४ हजारभन्दा बढीको मृत्यु (हेर्नुस् अपडेट)

दैनिक नेपाल २०७६ चैत १४ गते १६:४६

सांकेतिक तस्वीर

काठमाडौँ, १४ चैत । कोरोना भाइरस (कोभिड १९) बाट संसारभर ५ लाख ४२ हजार ४ सय ८६ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म यसका कारण विश्वभर २४ हजार ३ सय ६९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख २५ हजार ४ सय ८९ जना पूर्णरुपमा निको भइसकेका छन् भने बाँकी ३ लाख ९२ हजार ४ सय ६२ उपचारमै छन् ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित भएका छन् भने इटालीमा सबैभन्दा बढीको यसको संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा ८५ हजारभन्दा बढीमा संक्रमित छन् भने १ हजार ३ सय ४ जनाको मृत्यु भएको छ ।

इटालीमा ८ हजार २ सय १५ जनाको मृत्यु हुँदा करिब ८१ हजारमा संक्रमण देखिएको छ । यता चीनमा भने ३ हजार २ सय ९२ को मृत्यु हुँदा करिब ८२ हजार संक्रमित छन् ।

अहिलेको मृत्युदर भने केही बढेर प्रति १ मिलियन जनसंख्यामा ३.१ प्रतिशत पुगेको छ । वर्ल्ड मिटर्सका अनुसार कोरोना भाइरस विश्वभरी १९९ वटा देशहरुमा फैलिइसकेको छ ।

गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा भइसकेको छ भने पछिल्लो समय सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ ।

त्यस्तै, स्पेनमा करिब ६० हजार संक्रमित हुँदा ४ हजार ३ सय ६५ जनाको मृत्यु भइसकेको छ । विश्वभरी नै तीव्र गतिमा फैलिएको कोरोना भाइरसका कारण संसारभरका देशहरुले लकडाउन गरेका छन् ।

यसका कारण इरानमा २३ सय बढीको मृत्यु भइसकेको र करिब ३३ हजार संक्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित