
भैरहवा, १४ चैत । कोभिड -१९ को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि सिद्धार्थनगर नगरपालिका रुपन्देहीले दैनिक ज्याला मजदुरी गरेर जीविका निर्वाह गर्नेको लगत सङ्कलन शुरु गरेको छ।
नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले नगरभित्र रहेका मजदूरको वास्तविक तथ्याङ्क सङ्कलन गरेर उनीहरुको परिवारलाई दैनिक रुपमा आवश्यक पर्ने राशनको व्यवस्थापन नगरपालिकाले गर्ने गरी तयारी थालेको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए।
कार्यपालिकाको बैठकले कोभिड १९ को कारण देखिएको विपद्लाई व्यवस्थापन गर्न तत्कालका लागि रु ११ लाख ५१ हजारको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ। बैठकले उक्त कोष सञ्चालनका लागि नगर प्रमुख अधिकारी संयोजक रहेको नौ सदस्यीय समिति पनि गठन भएको छ।
कोषमा नगरप्रमुखले व्यक्तिगत रुपमा रु २१ हजार, उपप्रमुखले रु १५ हजार र सबै वडाध्यक्षले रु एक हजारका दरले १३ वडाबाट रु १३ हजार सङ्कलन भइसकेको छ।
बैठकले नगरमा खाद्यान्न, तरकारी, दुध औषधिलगायत अत्यावश्यक वस्तु जनतालाई सहज रुपमा पु¥याउन प्रत्येक वडामा वडाध्यक्ष र सदस्यलाई समन्वय गर्ने जिम्मेवारीसमेत दिएको नगरका सूचना अधिकारी देवप्रसाद ज्ञवालीले बताए ।











प्रतिक्रिया