शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोना नियन्त्रणका लागि चीनले पठाएको सहयोग सामग्री आज तातोपानी आइपुग्ने

दैनिक नेपाल २०७६ चैत १४ गते ९:३७

काठमाडौँ, १४ चैत । कोरोना नियन्त्रण र रोकथामका लागि चीनले नेपाललाई दिएको सहयोग सामग्री आज तातोपानी आइपुग्ने भएको छ ।

चीनले कोरोना नियन्त्रणका लागि नेपाल सरकारलाई दिने भनिएका मेडिकल सामाग्री शुक्रबार नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

चीनबाट आएका सामग्रीलाई किटनाशक स्प्रे गरेर मात्रै जाँचपास गर्ने र जाँचपास गरेपछि ७२ देखि ७४ घण्टासम्म लार्चास्थित यार्डमा राखिने छ । त्यसपछि पुन किटनाशक स्प्रे गरेर मात्रै ती सामान पठाइने छ ।

प्रतिक्रिया
सम्बन्धित