नयाँदिल्ली, १४ चैत । भारतले ८० करोड नागरिकलाई तीन महिनासम्म निःशुल्क चामल, गहुँ र दाल दिने भएको छ ।
पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल तीन महिनासम्म निःशुल्क दिने भारतले घोषणा गरेको हो ।
भारतले कोराना भाइरसको उपचारमा संलग्नलाई ५० लाख रुपियाँको बिमाको घोषणा गरेको छ । प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारतले यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपियाँ दिने भएको छ ।















प्रतिक्रिया