शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

रोकिएका नौ बुलेट ग्यास भित्रिए

दैनिक नेपाल २०७६ चैत १४ गते ७:२३

नेपालगञ्ज, १४ चैत । सीमापारी रुपैडिहामा पुगेर रोकिएका ९ वटा ग्यासका बुलेट बिहीबार दिउँसो स्थानीय प्रशासनको पहलपछि नेपाल भित्रिएका छन् ।

भारतको गोन्डा डिपोबाट ग्याँस भरेर बुधवार अपरान्हनै सीमापारी रुपैडिहा पुगेका ती बुलेटहरु उतै रोकिएका थिए ।

बाँकेमा रहेको मनकामना ग्याँस र भेरी ग्याँस उद्योगका लागि आएका ती बुलेटलाई भारतीय भन्सारमा कागजपत्र दिएर भित्र्याउनका लागि विहिबार विहान ग्याँस उद्योगका कर्मचारी सीमापारी जान खोज्दा एसएसबीले जान नदिएपछि बुलेट भित्रिन सकेका थिएनन् ।

तर, नेपाल आयल निगमको आग्रहमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले पहल गरेर भारतीय सुरक्षा अधिकारीहरुसंग कुरा गरेपछि उद्योगका कर्मचारीलाई सीमापारी जान दिईएको मनकामना ग्याँस उद्योगका कर्मचारी मधु भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित