३ कार्तिक २०८३, मंगलबार

सन्दीपले कोरोना राहत कोषमा सहयोग गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) सँग लड्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले बिहीबार राति फेसबुकमार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ ।’

सन्दीपले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण सोमबार १ जना युवतीमा पुष्टि भएपछि सरकारले मंगलबारदेखि ‘लकडाउन’ घोषणा गरेको छ ।