१ कार्तिक २०८३, आइतबार

९७ वर्षीया वृद्धा कोराेना संक्रमणमुक्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमित एक ९७ वर्षीया महिला सङ्क्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ ।

महिलाबारे व्यक्तिगत विवरण खुलाइएको छैन यद्यपि वृद्धवृद्धाहरुको निम्ती यो सुखद समाचार हो ।

उनी कोभिड १९ रोगबाट निको हुने सबैभन्दा वृद्ध महिला बनेकी छन् ।

यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएको बताएको थियो ।