बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कोभिड-१९ पछिल्लो अपडेट: विश्वभर २२ हजार बढीको मृत्यु

दैनिक नेपाल २०७६ चैत १३ गते २१:२४

काठमाडौँ, १३ चैत । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण १९६ देशहरुमा पुगेको छ । वर्ल्ड मिटरका अनुसार संसारभर ४ लाख ९२ हजार ७ सय ९९ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म यसका कारण संसारभर २२ हजार १ सय ९२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख १९ हजार ७ सय ३६ जना पूर्णरुपमा निको भइसकेका छन् भने बाँकी ३ लाख ५० हजार ८ सय ७१ जना उपचारमै छन् ।

यही २४ घण्टाभित्र संसारभर ९ सय १४ जना नयाँ संक्रमितहरुको मृत्यु भएको छ भने २१ हजार बढी नयाँ संक्रमित भएका छन् ।

तीव्र गतिमा फैलिएको कोरोनाका कारण हुने मृत्युदर भने प्रति १ मिलियन जनसंख्यामा २.८ प्रतिशत रहेको छ ।

गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा ७ हजार ५ सय ३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, स्पेनमा चीनमा भन्दा पनि बढी ४ हजार ८९ जनाको मृत्यु भइसकेको छ भने चीनमा ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ ।

यसका कारण इरानमा २ हजार २ सय ३४ जनाको मृत्यु भएको छ भने करिब ३० हजार संक्रमित छन् । त्यस्तै, अमेरिकामा १ हजार ३७ जनाको मृत्यु भएको छ भने करिब ७० हजारमा संक्रमण देखिएको छ ।

कोरोनाको थप संक्रमण हुन नदिन विश्वका देशहरुले लकडाउन गरेका छन् । नेपालमा पनि लकडाउनको बिहीबार तेस्रो दिन हो ।

प्रतिक्रिया
सम्बन्धित