बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कोरोनाको फैलावट कम गर्न आपतकालीन रणनीति ल्याउन सरकारलाई सुझाव

दैनिक नेपाल २०७६ चैत १३ गते २०:१८

काठमाडौँ, १३ चैत । सरोकारवालाले कोरोना संक्रमण फैलावट कम गर्न सरकारलाई आपतकालीन रणनीति बनाउन सुझाव दिएका छन् ।

नागरिक अगुवाको समूहले सरकारलाई त्यस्तो सुझाव दिएका हुन् । डाक्टर महेश मास्के, कनकमणि दीक्षित, सुशील प्याकुरेल लगायतले बिहिबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेरललाई भेटेर कोरोनाको थप संक्रमण फैलिन नदिन तत्काल प्रदेश र स्थानीय निकायसँग समन्वय गरि आपतकालीन रणनीति बनाउन सुझाव दिएका हुन् ।

कोरोना संक्रमित देशबाट आउनेलाई सुरुमै क्वारेन्टाइनमा नराख्नु जस्ता विषयले जोखिम निम्त्याउने औँल्याउँदै शंकास्पदहरुको पहिचान गरि तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।

उक्त समूहले सरकारलाई अत्यावश्यक सामाग्रीको तत्काल व्यवस्था गर्न लगायत सुझाव पनि दिएको छ ।

स्थानीय तथा प्रदेश सरकारको गतिविधिसमते समेटेर दैनिक एकद्धार प्रणालीमार्फत सूचना सम्प्रेषण गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

लकडाउनका कारण रोजगारी गुमाएका कमजोर वर्ग, दैनिक ज्यालादारी, नाङ्लो पसल आदि सञ्चाल गर्नेका लागि राहत कार्याक्रम ल्याउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित