मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

सगरमाथा क्षेत्रबाट एकै दिन १९ पर्यटकको उद्धार

दैनिक नेपाल २०७६ चैत १३ गते २०:०२

फाइल तस्वीर

काठमाडौँ, १३ चैत । लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका १९ पर्यटकको उद्धार गरिएको छ । आकस्मिक रुपमा नेपाल ‘लग डाउन’ भएपछि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकको आज उद्धार गरी काठमाडाँै लगिएको हो ।

आज उद्धार गरिएका मध्ये एक नेपाली र १८ विदेशी रहेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १४ फ्रान्सेली पर्यटक तारा एयरबाट काठमाडौँ गएका छन् भने डाइनेस्टिक एयरको हेलिकप्टरमार्फत दुई र सिम्रीक एयरको हेलिकप्टरमार्फत तीन जनाको उद्धार गरिएको हो ।

मङ्गलबार र बुधबार दुई दिनमा १० बिरामी पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो । अहिले पनि लुक्लामा करिब १५० को हाराहारीमा पर्यटक रहेको अनुमान गरिएको छ ।

उद्धार गरिएका फ्रान्सेली नागरिकलाई आफ्नो देश फर्काउन फ्रान्सबाट चार्टर विमान नेपाल पठाउने तयारी भइरहेको बताइएको छ । फ्रेन्च दूतावासकै पहलमा देशका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई काठमाडौँ लगिएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित