शुक्रबार, २८ चैत २०७६
DainikNepal.com
शुक्रबार, २८ चैत २०७६

कोरोना संक्रमित युवतीसँगै आएका एकजनामा रुघाखोकीको लक्षण देखियो

दैनिक नेपाल २०७६ चैत १३ गते १८:३२

सांकेतिक तस्वीर

काठमाडौँ, १३ चैत । फ्रान्सबाट कतार हुँदै यही चैत ४ गते नेपाल आएकी कोरोना भाइरस संक्रमित युवतीसँगै कतार एयरवेजको विमानमा सवार एक जनामा रुघा खोकीको लक्षण देखिएको छ ।

कोरोना भाईरस संक्रमति युवतीसँगै आएका बाग्लुङ्खका अजय बिकमा केही दिनयतादेखि रुघाखोकीको संक्रमण देखिएको हो । उनी अहिले आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्दै आएका छन् ।

विकले आफूलाई चिसोका कारण रुघा खोकी लागेको आशंका गरेपनि गाउँलेहरुले कोरोना परीक्षणका लागि दवाव दिइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित