शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

लुक्लाबाट फ्रान्सेली पर्यटककाे उद्दार गर्न तारा एअरले जहाज पठाउँदै

दैनिक नेपाल २०७६ चैत १३ गते १८:०९

काठमाडौँ, १३ चैत । २ दिनदेखि लुक्लामा १४ जना फ्रान्सेली पर्यटक अलपत्र परेपछि यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले उनीहरुको उद्दारको लागि आज जहाज पठाएको छ ।

कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपछि ति पर्यटकहरू अलपत्र परेका थिए ।

काठमाडौँस्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि उद्दार गर्न नीजि वायुसेवा कम्पनी तारा एअर तयार भएको हो ।

तारा एअरको १८ सिट क्षमता भएको ट्वीन ओटर विमान त्रिभुवन विमानस्थलबाट १ बजे लुक्लातर्फ प्रस्थान गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित