शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अत्यावश्यक खाद्यान्न आपूर्ति गराउन गृहको निर्देशन

दैनिक नेपाल २०७६ चैत १३ गते १७:१०

काठमाडौँ, १३ चैत । गृह मन्त्रालयले अत्यावश्यक खाद्यान्न सामाग्रीको आपूर्ति व्यवस्था गर्न सबै स्टोर तथा विक्रेताहरुलाई निर्देशन दिएको छ ।

काठमाडौँ उपत्यकाभित्र अत्यावश्यक खाद्य वस्तुहरुको आपूर्तिका लागि सबै स्टोर र विक्रेताहरुलाई निर्देशन दिएको हो ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले स्टोर तथा विक्रेताहरुलाई आआफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

मन्त्रालयले डेलिभरी भ्यानको लागि सवारी पासको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने निर्णय गरेको पनि गरेको छ ।

गृह मन्त्रालयको निर्देशन

प्रतिक्रिया
सम्बन्धित