शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

काेरोना भाइरस अपडेट : विश्वभरको अवस्था यस्तो छ

दैनिक नेपाल २०७६ चैत १३ गते १६:०१


काठमाडौँ, १३ चैत । कोरोना भाइरस (कोभिड-१९) बाट संसारभर ४ लाख ७८ हजार ३ सय ३१ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म यसका कारण २१ हजार ५ सय २४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख १५ हजार ६ सय ६८ जना पूर्णरुपमा निको भइसकेका छन् भने बाँकी उपचारमै छन् ।

आजसम्म हुने मृत्युदर भने प्रति १ मिलियन जनसंख्यामा २.८ प्रतिशत पुगेको छ । वर्ल्ड मिटर्सका अनुसार कोरोना भाइरस विश्वभरी १९८ वटा देशहरुमा फैलिइसकेको छ ।

गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा ७ हजार ५ सय ३ जनाको मृत्यु भइसकेको छ भने ७४ हजार बढी संक्रमित छन् ।

त्यस्तै, स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भइसकेको छ भने चीनमा ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ । विश्वभरी नै तीव्र गतिमा फैलिएको कोरोना भाइरसका कारण संसारभरका देशहरुले लकडाउन गरेका छन् ।

यसका कारण इरानमा २२ सय बढीको मृत्यु भइसकेको र करिब ३० हजार संक्रमित छन् भने अमेरिकामा १ हजार भन्दा बढीको मृत्यु भएको छ भने करिब ७० हजारमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित