शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सरकारको निर्देशन पालना गर्न पूर्वप्रधानमन्त्री नेपालको अपिल

दैनिक नेपाल २०७६ चैत १३ गते १४:२६

फाइल तस्वीर

काठमाडौँ, १३ चैत । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहनुभएका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा आज अपिल गर्नुभएको हो ।

“ कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपनाउन सबैमा अपिल गर्दछु”, नेपालले भन्नुभएको छ, “सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्र बस्न र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको निर्णय एवं निर्देशनलाई पालना गर्न आह्वान गर्दछु ।”–रासस

प्रतिक्रिया
सम्बन्धित