शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रदेश १ का क्‍वारेन्टाइनमा १२० जना भर्ना, आइसोलेसनमा ५ को उपचार हुँदै

दैनिक नेपाल २०७६ चैत १३ गते १०:१९

विराटनगर , १३ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेशका विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा १ सय १२ लाई राखिएको छ ।

५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार यो बुधबार साँझसम्मको तथ्याङ्का हो ।

यस्तै, ६९ जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ का प्राय सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरिएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्न सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

यसैबीच सरकारले चैत्र ११ गते देखि लागू गरेको लकडाउन उल्लघंन गरी बुधबार सवारी चलाउने २०९ जनालाई नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ । ठूला तथा साना गरी ८ सय ८१ वटा सवारी साधन प्रहरी नियन्त्रणमा छन्। अन्नपूर्णबाट

प्रतिक्रिया
सम्बन्धित