बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

भारतबाट आएकालाई ५० जनालाई मंगलसेनकाे क्वारेन्टाईनमा राखियो

दैनिक नेपाल २०७६ चैत १३ गते ९:४१

कमल रावल

अछाम, १३ चैत । कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरेर अछाम ल्याइएका ५० जनालाई मंगलसेनमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको छ ।

नगरपालिकाको कृषि ज्ञान केन्द्रको भवनमा क्वारेन्टाईन स्थापना गरी अछामका ८ स्थानीय तहका १२ जना बालबालिका, २८ पुरुष र १२ जना महिला गरी ५० जनालाई चेकजाँचसहित सुरक्षित तरिकाले क्वारेन्टाईनमा राखिएको मंगलसेन नगरपालिकाले जनाएको छ ।

भारतबाट आएकाले १४ दिन क्वारेन्टाईनमा बस्न अनिवार्य रहेकाले स्वास्थ्य चेकजाँच, खान बस्न सहित आवश्यक प्रबन्ध नगरपालिकाले गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित