शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अवस्था हेरेर लक डाउन केही समय बढ्न सक्छः उपप्रधानमन्त्री पाेखरेल

दैनिक नेपाल २०७६ चैत १३ गते ९:०९

काठमाडौं, १३ चैत । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले अहिलेको लडाइँ सरकारको मात्र नभएर आमजनताको लडाइँ भएकाले सरकारले त्यही अनुसारको कदम चालिरहेको बताएका छन् ।

लक डाउन तेस्रो दिनमा पुग्दा पनि सरकारको निर्देशन मान्ने क्रम नदेखिएकाले सरकार अझै कडाइका साथ जाने उनले बताए । नेपाली रेडियाे नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाेखरेलले अहिले भएका बिरामी सकुशल घर फर्किन दाबी गरे ।

उनले सरकारले तीन ठाउँ ल्याब राख्ने र र क्वारेन्टाइन बढाउने तयारी अन्तिम चरण लगेको बताए । उनले दैनिक उडान गरेर बिराटनगर, पोखरा र नेपालगबाट स्वाब ल्याएर टेकुमा परीक्षण गर्ने बताए ।

पाेखरेलले सरकारले सबैभन्दा पहिले नेपाल छिरेकाहरूको संरक्षण गर्ने कुरा सरकारको कर्तव्य भएकाले लक डाउनभरि सबैको परीक्षण गरिने बताए ।

कुनै आपत परेको हिसावमा जो जहाँ, जुन देशमा छन् त्यो त्यहिँको नागरिक भएर बस्नु उपयुक्त हुने भन्दै उनले भारतबाट आउनेको परीक्षण गरिने बताए । अब आउने आउने नागरिकहरूलाई ठेगाना लिएर कुन प्रदेशमा हो त्यो प्रदेशमा सम्पर्क गरेर मात्र पठाउने पाेखरलेले बताए ।

उनले भने, ‘विदेशबाट आएका सबै क्वारेन्टाइनमा बस्नुपर्छ । संक्रमणको लागि सजगता आवस्यकता छ । व्यक्तिहरूमा पहिलेभन्दा अहिले व्यवहारहरूमा सुधार गर्नुपर्छ ।’

‘राज्यले नेतृत्वदायी समन्वयको भूमिका खेल्ने हो । लक ठडाउ कहिलेसम्म जान्छ भन्ने यकिन हुँदैन । यो रहरले गरेको पनि हाेइन । मुलुक र जनताको हितका लागि हो’, उनले भने, ‘परिस्थिति हेरर सरकार अगाडि बढ्छ । यो अभियानमा नागरिकको सभागिता चाहिन्छ ।’

पाेखरेलले संकट यथावत रहेकाे भन्दै त्यसकाे अन्त्यका लागि जनताकाे साथ चाहिने बताए ।

प्रतिक्रिया
सम्बन्धित