शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कतारबाट आएकाहरूलाई आईसोलेसनमा राखियाे, पाँच स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

दैनिक नेपाल २०७६ चैत १३ गते ८:४१

भरतपुर, १३ चैत । चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा ११ जनालाई आईसोलेसन वार्डमा राखेर उपचार गरिएको छ ।

कतार एअरवेयजको जाहाजमार्फत हालै नेपाल आएका पाँचजना पनि यसै अस्पतालको आईसोलेसन वार्डमा रहेको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए ।

चितवन घर भएका उनीहरू आफै अस्पतालको सम्पर्कमा आएका हुन् ।

अस्पतालका प्रवक्ता डा.अधिकारीका अनुसार सुरेश गुरुङ, बुद्धिराज कोइराला, सञ्जु कंडेल कोइराला, शम्भु नेपाली र पार्वती नेपाली उपचाररहत रहेका छन् ।

पाँच जना कार्यरत स्वास्थ्यकर्मी र पाँच जना सेवाका लागि आउने व्यक्तिहरुलाई हाल पनि क्वारेन्टाइनमा राखिएको प्रवक्ता डा.अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित