बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

काठमाडौं महानगरपालिकाले छर्किन थाल्यो कीटनासक औषधि

दैनिक नेपाल २०७६ चैत १३ गते ६:४४

काठमाडौं, १३ चैत । काठमाडौं महानगरपालिकाले नोबेल कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नको लागि महानगरका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

‘काठमाडौं महानगपालिकाले बढी भिडभाड हुने वीर अस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानमा बुधबारदेखि कीटनाशक औषधी छर्कने कार्यको सुरुवात भएको छ’, उनले भने ‘सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ ।’

काठमाडौं महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ओटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किनेछ ।

प्रतिक्रिया
सम्बन्धित