शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोभिड १९ : यस्तो छ अपडेट, मृत्यु हुनेको संख्या साढे १९ हजार नाघ्यो

दैनिक नेपाल २०७६ चैत १२ गते २१:३२

काठमाडौँ, १२ चैत । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण १९६ देशहरुमा पुगेको छ । वर्ल्ड मिटरका अनुसार संसारभर ४ लाख ४१ हजार ९५ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म यसका कारण संसारभर १९ हजार ७ सय ६४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख १२ हजार ३६ जना पूर्णरुपमा निको भइसकेका छन् भने बाँकी ३ लाख ८ हजार ९ सय ४ जना उपचारमै छन् ।

यही २४ घण्टाभित्र संसारभर ८ सय ६७ जना नयाँ संक्रमितहरुको मृत्यु भएको छ भने १८ हजार बढी नयाँ संक्रमित भएका छन् ।

तीव्र गतिमा फैलिएको कोरोनाका कारण हुने मृत्युदर भने प्रति १ मिलियन जनसंख्यामा २.५ प्रतिशत रहेको छ ।

गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, स्पेनमा चीनमा भन्दा पनि बढी ३ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको छ भने चीनमा ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ ।

यसका कारण इरानलगायत देशहरुमा पनि धेरै मानिसहरुको मृत्यु भइसकेको छ भने अमेरिकामा ७ सय ८५ जनाको मृत्यु भएको छ भने करिब ५५ हजारमा संक्रमण देखिएको छ ।

कोरोनाको थप संक्रमण हुन नदिन विश्वका देशहरुले लकडाउन गरेका छन् । नेपालमा पनि लकडाउनको वुधबार दोस्रो दिन हो ।

प्रतिक्रिया
सम्बन्धित