शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

स्पेनमा पनि चीनमाभन्दा धेरैको मृत्यु, यस्तो छ अपडेट

दैनिक नेपाल २०७६ चैत १२ गते २०:२३

फाइल तस्वीर

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या चीनमा भन्दा स्पेनमा बढी भएको छ । स्पेनमा यही २४ घण्टामा ७३८ जनाको मृत्यु भएको छ ।

स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ३४ पुगेको छ भने चीनमा हालसम्म तीन हजार २ सय ८१ को मृत्यु भएको वर्ल्ड मिटरले जनाएको छ ।

हालसम्म कोरोनाबाट सबभन्दा धेरै इटालीमा ६ हजार ८२० को मृत्यु भएको छ ।

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ७ सय ८५ मात्रै भए पनि संक्रमितहरुको संख्या भने तीव्ररुपमा वृद्धि भइरहेको छ । अमेरिकामा ५५ हजार ८१ संक्रमित छन् भने स्पेनमा ४७ हजार ६१० रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित